बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश १
  • मतदाता नामावली दर्ता आजदेखि सुरु

मतदाता नामावली दर्ता आजदेखि सुरु

  • मङ्लबार, माघ ३, २०७९
मतदाता नामावली दर्ता आजदेखि सुरु

मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता मङ्गलबारदेखि सुरु हुँदै छ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता सुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता सुरु हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मङ्गलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता सुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्यसमेत सँगै सुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर)मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो ।

प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार