सुदूरपश्चिमका सात जिल्लामा संक्रमितको संख्या २१ पुग्यो, आज थपिए चार जना
धनगढी : सुदूरपश्चिम प्रदेशमा संक्रमितको सङख्या २१ पुगेको छ। आज मात्रै चार जनामा कोरोना पुष्टि भएपछि संक्रमितको सङख्या २१ पुगेको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिए। आज कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुष, दार्चुलाको महाकाली नगरपालिकाका २१ बर्षीय पुरुष र बझाङका ५५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको डाक्टर देवकोटाले बताए। […]