मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बाजुरामा ४ हजार ५ सय ३७ लगायत सुदूरपश्चिममा झण्डै ६० हजारलाई राखियो क्वारेन्टिनमा

बाजुरामा ४ हजार ५ सय ३७ लगायत सुदूरपश्चिममा झण्डै ६० हजारलाई राखियो क्वारेन्टिनमा

  • शुक्रबार, जेष्ठ २३, २०७७
बाजुरामा ४ हजार ५ सय ३७ लगायत सुदूरपश्चिममा झण्डै ६० हजारलाई राखियो क्वारेन्टिनमा

सुदूरपश्चिममा कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि भारतबाट आएका झण्डै ६० हजारलाई क्वारेन्टिनमा राखिएको छ। भारतमा कोरोना भाइरसको जोखिम भएको क्षेत्रबाट फर्किएका ५९ हजार पाँच सय ५४ जनालाई नौँ जिल्लाका एक हजार ६ सय ३९ वटा क्वारेन्टिनमा राखिएको प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

क्वारेन्टिनमा राखिएका मध्ये ५० हजार नौँ सय १८ जना पुरुष र ८ हजार ५ सय ३६ जना महिला रहेका छन्। सबैभन्दा बढि कैलालीमा १७ हजार ३ सय २७  जना, डोटीमा ८ हजार ७ सय ३५ र कञ्चनपुरमा ८ हजार २ सय ४ जनालाई क्वारेन्टिनमा राखिएको निर्देशनालयको तथ्याङकमा उल्लेख छ।

अछाममा ६ हजार १ सय ८६ जना, बैतडीमा पाँच हजार ६ सय ४५ जना, डडेल्धुरामा चार हजार ५ सय ८ जना, बझाङमा दुई हजार नौँ सय १० जना, बाजुरामा चार हजार ५ सय ३७ जना, दार्चुलामा एक हजार चार सय ८२ जनालाई क्वारेन्टाइनमा राखिएको छ। उनीहरु भारत सहित कोरोनाको जोखिम भएको क्षेत्रबाट फर्किएका हुन। सुदूरपश्चिम प्रदेशमा ७१ हजार २ सय ७५ जना अटाउने क्वारेन्टिन स्थापना गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार