बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • प्रदेश ७
  • कोरोना नजितेका ६ संक्रमितलाई सेती अस्पतालले किन गर्‍यो डिस्चार्ज, यस्तो छ निर्देशिका

कोरोना नजितेका ६ संक्रमितलाई सेती अस्पतालले किन गर्‍यो डिस्चार्ज, यस्तो छ निर्देशिका

  • शुक्रबार, जेष्ठ २३, २०७७
कोरोना नजितेका ६ संक्रमितलाई सेती अस्पतालले किन गर्‍यो डिस्चार्ज, यस्तो छ निर्देशिका

धनगढी : सेती प्रादेशिक अस्पतालले आज मात्रै ६ जना कोरोना संक्रमित डिस्चार्ज गरेको छ। अस्पतालको आइसोलेसनमा उपचाररत अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई डिस्चार्ज गरिएको हो।

कोरोना नजितेपनि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको हो। अस्पतालका अनुसार ६ जना मध्ये केहीको रिपोर्ट भने नेगेटिभ देखाएको छ। यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेकोमा स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएपछि सोही अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको बताए।

निर्देशिकामा सामान्य लक्षण देखिएका बिरामीलाई भने १४ दिन आइसोलेसनमा राखेर निको भएको तीन दिनपछि डिस्चार्ज गर्ने व्यवस्था समेत गरिएको छ। यो निर्देशिकाले अव कोरोना संक्रमितको दुई पटक रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्नुपर्ने व्यवस्थालाई भने हटाएको छ। #दिनेश

चर्चामा

सम्बन्धित समाचार