मङ्लबार, बैशाख ४, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा ५०३ जनाको आरडिटी पोजेटिभ, ३९० जनाको पीसीआर परीक्षण बाँकी

सुदूरपश्चिममा ५०३ जनाको आरडिटी पोजेटिभ, ३९० जनाको पीसीआर परीक्षण बाँकी

  • शुक्रबार, जेष्ठ २३, २०७७
सुदूरपश्चिममा ५०३ जनाको आरडिटी पोजेटिभ, ३९० जनाको पीसीआर परीक्षण बाँकी

नगढी : सुदूरपश्चिममा ¥यापिड टेस्टमा पोजेटिभ अर्थात एन्टिबडी देखाएका तीन सय ९० जनाको पीसीआर परीक्षण बाँकी रहेको छ। कोरोना भए, नभएको पुष्टि पीसीआर परीक्षणबाट हुने गरेकोमा अझै तीन सय ९० जनाको पीसीआर परीक्षण हुन नसकेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशभरी अहिले सम्म २७ हजार एक सय ५४ जनाको ¥यापिड टेस्ट गर्दा पाँच सय तीन जनामा एन्टिबडी अर्थात पोजेटिभ देखाएको छ।

उनीहरुमध्ये अहिलेसम्म एक सय १३ जनाको मात्रै पीसीआर मार्फत परीक्षण गरिएको छ भने बाँकी तीन सय ९० जनाको भने पीसीआर मार्फत परीक्षण बाँकी रहेको छ।

एन्टिबडी देखाका एक सय १३ जनाको परीक्षण गर्दा कति जनामा संक्रमण पुष्टि भयो भन्ने बारेमा भने निर्देशनालयले खुलाएको छैन्।

पाँच सय तीनमा हिजो मात्रै दुई सय चार जनामा एन्टिबडी देखाएको थियो। उनीहरुको स्वाब संकलन गरी परीक्षणको लागि धनगढी प्रयोगशालामा पठाउने कार्य जारी रहेको स्वास्थ्य निर्देशनायले जनाएको छ । #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार