शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • कोरोना निको नहुँदै सेतीबाट डिस्चार्ज गरीएका ६ जनालाई फेरी अस्पतालमा राखियो

कोरोना निको नहुँदै सेतीबाट डिस्चार्ज गरीएका ६ जनालाई फेरी अस्पतालमा राखियो

  • शुक्रबार, जेष्ठ २३, २०७७
कोरोना निको नहुँदै सेतीबाट डिस्चार्ज गरीएका ६ जनालाई फेरी अस्पतालमा राखियो

धनगढी :  सेती प्रादेशिक अस्पतालले आज डिस्चार्ज गरेका ६ जना कोरोना संक्रमितलाई फेरी अस्पतालमा राखिएको छ।

आज दिउसो डिस्चार्ज भएका अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई फेरी अस्पतालमा राखिएको हो।

सेती प्रादेशिक अस्पतालका डाक्टर निराजन शर्माले सम्बन्धित जिल्लासम्म पुगाउने व्यवस्था नभएपछि उनीहरुलाई फेरी प्रि–र्आइसोलेसनमा राखिएको बताए। ‘बिरामीको सम्बन्धित पालिकासंग छलफल गरेका छौ,’ डाक्टर शर्माले भने, ‘सम्बन्धित पालिकाले गाडीको व्यवस्था नगर्दा सम्म उनीहरुलाई प्रि–आइसोलेसन राखेका छौ।’

डिस्चार्ज गरीका ६ जना नै आज दिउसोदेखि धनगढीमा अलपत्र परेका थिए। ६ जना संक्रमितले कोरोना नजितेपनि स्वास्थ्य मन्त्रालयले भर्खरै जारी गरेको निर्देशिका अनुसार उनीहरुलाई डिस्चार्ज गरिएको थियो।

यसअघि संक्रमितको लगातार दुई पटक नेगेटिभ रिपोर्ट आएपछि अस्पतालबाट डिस्चार्ज गर्ने व्यवस्था रहेको थियो। तर स्वास्थ्य मन्त्रालयले नयाँ निर्देशिका जारी गरेपछि लक्षण नदेखिएका संक्रमितलाई डिस्चार्ज गर्न थालिएको छ। लक्षण नदेखिएको र स्वास्थ्य समस्या नभएका संक्रमितलाई १४ दिन आइसोलेसनमा राखेर डिस्चार्ज गर्न पाइने निर्देशिका पारित भएको थियो। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार