बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • बाजुराका स्थानीय तहले मापदण्ड बिपरीत राहत बितरण गरे नेकपा नेता तथा प्रचार बिभाग प्रमुख खड्का(भिडियाे सहित)

बाजुराका स्थानीय तहले मापदण्ड बिपरीत राहत बितरण गरे नेकपा नेता तथा प्रचार बिभाग प्रमुख खड्का(भिडियाे सहित)

  • शुक्रबार, जेष्ठ २३, २०७७
बाजुराका स्थानीय तहले मापदण्ड बिपरीत राहत बितरण गरे नेकपा नेता तथा प्रचार बिभाग प्रमुख खड्का(भिडियाे सहित)

लक्ष्मीराज पाध्याय — बाजुरा जिल्लामा लकडाउनमा समस्यामा परेकालाई स्थानीय तहले राहत बितरणमा मापदण्ड बिपरित गरेको नेकपा बाजुराका युवा नेता तथा प्रचार बिभाग प्रमुख अमर खड्काले बताए । बडिमालिका खवरको नियमीत कार्यक्रम कोरोना कहरमा राजनीतिक दलको भुमीका बिषायक अन्तबार्तामा खड्काले यस्तो बताएका हुन् ।

लकडाउनबाट प्रभावित श्रमिक र असहायलाई उपलब्ध गराउने राहतको मापदण्ड तयार भएको सरकारको मापदण्ड अनुसार जिल्लाका धेरै जसो स्थानीय तहले लापरबाही तरिकाले राहत बितरण गरेको प्रचार बिभाग प्रमुख खड्काले बताएका छन् । कोरोना संक्रमणका कारण उत्पन्न प्रतिकूल अवस्थामा सरकारले घोषणा गरेको राहत वितरणलाई व्यवस्थित गर्न मापदण्ड तयार गरिएको भए पनी बाजुराका स्थानीय तहले लापरबाही र सस्तो लोकपृयताका लागि भएको खड्काले बताए ।

यो मापदण्डले जथाभावी राहत वितरणका कारण लक्षित वर्गले राहत प्राप्त नगर्ने समस्याको समाधान गर्ने भए पनी स्थानीय तहको मनपरी ढगंले राहत बितरण गर्न नहुने बताए । मन्त्रि परिषद्को निणर्यअनुसार राहत वितरणको पूणर् जिम्मेवारी स्थानीय तहलाई दिइएको भए पनी स्थानीय तहले मापदण्ड बमोजिम बितरण नगरेको र पाउनु पर्ने असांगठनिक क्षेत्रका श्रमिक तथा असहाय मान्छेले नपाएको बताएका छन् ।
मापदण्ड अनुसार असांगठनिक क्षेत्रका श्रमिक तथा असहायको नाममा राजनिती गरीएको देखीन्छ खड्काले भने ।

बाजुरा जिल्लाका धेरै स्थानीय तहले गाउँमा रहेका बिपन्न र असाय र असंगानीक मजदुरमाथी गरीएको ब्यबाहार पाटीका लागि सैय नभएको बताएका छन् ।

https://www.youtube.com/watch?v=hJWsiRJp4XE

चर्चामा

सम्बन्धित समाचार