शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • सुदूरपश्चिममा पाँच दिनका लागि नमूना संकलनको काम स्थगीत

सुदूरपश्चिममा पाँच दिनका लागि नमूना संकलनको काम स्थगीत

  • शुक्रबार, जेष्ठ २३, २०७७
सुदूरपश्चिममा पाँच दिनका लागि नमूना संकलनको काम स्थगीत
फाइल फाेटाे

धनगढी : सुदूरपश्चिममा पाँच दिनका लागि कोरोनाका सम्भावित संक्रमितको नमूना संकलनको काम स्थगीत गरेको छ।प्रदेशमा यसअघि संकलित नमूनाकै परीक्षण गर्न बाँकी रहेकाले पाँच दिनका लागि थ्रोट स्वाबको नमूना संकलनको काम स्थगीग गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

निर्देशनालयले आज सबै स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै पाँच दिन सम्म स्वाबको नमूना संकलन नगर्न भनेको हो। निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले धनगढी प्रयोगशाला मार्फत दैनिक दुई सय ५० जनाको मात्र परीक्षण सम्भव भएको बताए। उनले प्रदेशमा संकलीत एक हजार ८३ जनाको परीक्षण गर्न बाँकी रहेको बताए। #दिनेश

चर्चामा

सम्बन्धित समाचार