शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९२ पुग्यो

सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९२ पुग्यो

  • शुक्रबार, जेष्ठ २३, २०७७
सुदूरपश्चिममा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको सङख्या ९२ पुग्यो

धनगढी : सुदूरपश्चिममा आज थप ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप ६ जनामा कोरोना पुष्टि भएको हो।

आज डडेल्धुराका ५ र कैलालीका एक जनामा कोरोना पुष्टि भएको हो। योसंगै सुदूरपश्चिममा संक्रमितको सङख्या ९२ पुगेको छ।

सुदूरपश्चिमका ९२ जना संक्रमित मध्ये ८९ जना प्रदेशभित्रै रहेका छन् भने एक जना संक्रमितको मृत्यु भईसकेको छ। एक जना बझाङ र एक जना बाजुराका संक्रमितको भने कर्णाली प्रदेशमा उपचार भईरहेको छ।

संक्रमित मध्ये ७ जना प्रदेशभित्रका विभिन्न अस्पतालबाट डिस्चार्ज भईसकेका छन्।

सबैभन्दा बढि कैलालीका ४० जना, अछामका १४, कञ्चनपुरमा १०, डोटीका १०, बैतडीका र डडेल्धुरामा ६/६, बाजुराका तीन, बझाङमा दुई र दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको छ।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट ७५, सुर्खेतको प्रयोगशालाबाट १२, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ जनामा कोरोना पुष्टि भएको छ। #दिनेश

चर्चामा

सम्बन्धित समाचार