बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • कोरोना जितेका पाँच जना टीकापुर अस्पतालबाट डिस्जार्च

कोरोना जितेका पाँच जना टीकापुर अस्पतालबाट डिस्जार्च

  • शुक्रबार, जेष्ठ २३, २०७७
कोरोना जितेका पाँच जना टीकापुर अस्पतालबाट डिस्जार्च

कैलाली(टीकापुर) : कैलालीको जानकी गाउँपालिकाका पाँच पुरुष कोरोना जितेर टीकापुर अस्पतालबाट डिस्जार्च भएका छन्। कोरोना संक्रमण नभएको पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा रहेका उनीहरु शुक्रबार डिस्चार्ज भएका हुन्।

कोरोना जित्नेमा जानकी गाउँपालिका –३ भगतपुरका ३८, वडा नम्बर ७ कञ्चनपुरका १९ र २१ वर्षीय पुरुष रहेका छन्। त्यस्तै वडा नम्बर ४ का २५ र ३० वर्षीय पुरुष रहेका छन्।

जानकी गाउँपालिका –१ स्थित सरस्वती माविको क्वारेन्टाइनमा बसेका दुई जनामा जेठ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने १३ गते र १५ गते अन्य दुई जनामा कोरोना पुष्टि भएको थियो।

अब टीकापुर अस्पतालमा एक गर्भवती महिलासहित टीकापुर नगरपालिकाका ४ जना र जानकी गाउँपालिकाका २ जना आइसोलेसनमा उपचाररत छन्। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार