शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • देश
  • कोरोना पुष्टि भएको १५ घण्टापछि धनगढीका दुई संक्रमितलाई अस्पताल ल्याइयो

कोरोना पुष्टि भएको १५ घण्टापछि धनगढीका दुई संक्रमितलाई अस्पताल ल्याइयो

  • शुक्रबार, जेष्ठ २३, २०७७
कोरोना पुष्टि भएको १५ घण्टापछि धनगढीका दुई संक्रमितलाई अस्पताल ल्याइयो

धनगढी : धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का दुई जना कोरोना संक्रमितलाई अस्पताल ल्याईएको छ। कोरोना पुष्टि भएको १५ घण्टापछि २२ बर्षीय युवती र २६ बर्षीय युवकलाई सेती प्रादेशिक अस्पताल ल्याइएको हो।

उनीहरु दुबैजनालाई सेती प्रादेशिक अस्पतालले सञ्चालन गर्दै आएको आइसोलेसन वार्डमा राखिने वा क्वारेन्टिनमै छुट्टै राखिने भन्ने बारेमा भने खुलेको छैन्।

सेती प्रादेशिक अस्पतालका अनुसार दुबै जनाको स्वास्थ्य परक्षिण गरिने छ। लक्षण नदेखिएको भए फुलवारी फिर्ता पठाइने छ। कोरोना पुष्टि भएको १५ घण्टासम्म संक्रमित महिलाका श्रीमान, संक्रमित पुरुषकी श्रीमती र २७ दिनकी छोरी एउटै कोठामा बसेका थिए।

धनगढी उप–महानगरपालिका वडा नम्वर १४ का वडा अध्यक्ष रामबजारी चौधरीले दुवै जना संक्रमितलाई एम्बुलेन्समा सेती अस्पताल पठाइएको जानकारी दिए। दुबै संक्रमित १४ दिनअघि भारतको दिल्लीबाट एउटै गाडीमा आएका थिए भने धनगढी उप–महानगरपालिका फुलवारीको पञ्चोदय माविको क्वारेन्टिमान समेत परिवारसहित एउटै कोठामा बसेका थिए। #दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार