बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिममा ६ हजारको पीसीआर विधीबाट कोरोना परीक्षण, २५ हजारको आरडिटी

सुदूरपश्चिममा ६ हजारको पीसीआर विधीबाट कोरोना परीक्षण, २५ हजारको आरडिटी

  • बिहिबार, जेष्ठ २२, २०७७
सुदूरपश्चिममा ६ हजारको पीसीआर विधीबाट कोरोना परीक्षण, २५ हजारको आरडिटी
फाइल तस्बिर

धनगढी —  सुदूरपश्चिम प्रदेशमा आरटी पीसीआर विधीबाट ६ हजार बढिमा कोरोना भाईरस परीक्षण गरिएका छ। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीका अनुसार बुधबार सम्म सुदूरपश्चिममा ६ हजार एक सय ९१ जनाको पीसीआर विधीबाट कोरोना परीक्षण गरिएको हो।

उनीहरु मध्ये ८१ जना बाहेक सबैको रिर्पोट नेगेटिभ आएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा तीन हजार आठ सय ७१ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा दुई हजार तीन सय १६ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

बुधबार साझ सम्मको तथ्या्क अनुसार धनगढीमा संकलीत एक हजार ८३ जनाको नमूना परीक्षण गर्न बाँकी छ। यस्तै प्रदेशभर झण्डै २५ हजार जनाको आरडिटी टेस्ट गरिएको छ। स्वास्थ्य निर्देशनालयले २४ हजार नौँ सय ४० जनाको आरडिटी परीक्षण गरिएको जनाएको छ।

उनीहरु मध्ये हाल सम्म दुई सय ९९ जनामा एन्टीबडी देखाएकोमा एक सय दुई जनाको पीसीआर रिर्पोट नेगेटिभ आएको छ भने अन्यको परीक्षण हुन बाँकी छ। सुदूरपश्चिममा पहिलो पटक कैलालीमा गत चैत १४ गते कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।

उनी युएईको दुबईबाट फर्किएका थिए। त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला र कैलाली लम्कीका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो।

जेठ नौँ गते कैलालीको जानकी गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको थियो। जेठ १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो।  जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। प्रदेशमा अहिले सम्म ९ वटै जिल्लाका ८१ ज्नामा कोरोना पुष्टि भईसकेको छ। उनीहरु मध्ये ७ जना संक्रमित कोरोनालाई जितेर अस्पतालबाट घर फर्किसकेका छन् भने अन्य ७४ जनाको विभिन्न अस्पतालमा उपचार भईरहेको छ।

चर्चामा

सम्बन्धित समाचार