शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • सुदूरपश्चिममा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै राखिने, यस्ता छन् नियम

सुदूरपश्चिममा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै राखिने, यस्ता छन् नियम

  • शुक्रबार, जेष्ठ २३, २०७७
सुदूरपश्चिममा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई घरमै राखिने, यस्ता छन् नियम

 सुदूरपश्चिम प्रदेशमा पनि कोरोनाको लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राखिने भएको छ।संघीय सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्षण भएकालाई घरमै आइसोलेसनमा राख्ने निर्देशिका पारित गरेपछि सुदूरपश्चिममा पनि त्यस्को कार्यान्वयन हुने भएको हो।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले सोही निर्देशिका अनुसार अव कोरोना संक्रमितको व्यवस्थापन गरिने जनाएको छ। सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले उक्त निर्देशिका सुदूरपश्चिममा पनि कार्यान्वन हुने बताए।

‘लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीका लागि सबैभन्दा उपयुक्त नै होम आईसोलेसन हो,’ डाक्टर अवस्थीले दिनेश खवरलाई भने, ‘उक्त निर्देशिका कार्यान्वयनका लागि हामीले मातहतका निकायलाई आग्रह गरीसकेका छौ।’

लक्षण नभएका र सामान्य लक्षण भएका संक्रमितलाई अस्पतालमा राख्दा अस्पतालका आइसोलेसन वार्ड भरिएको र गम्भिर समस्या भएकालाई राख्ने ठाउँ नहुन सक्ने भन्दै यस्तो निर्देशिका बनाईएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयले बनाएको निर्देशिकामा लक्षण नभएका (एसिम्योयाटिक) र हल्का (माइल्ड) लक्षण भएकाहरुलाई घरमा आइसोलेसनमा राख्ने क्रममा १४ बुँदे नियम पालना गर्नुपर्ने व्यवस्था पनि जारी गरेको छ।

चर्चामा

सम्बन्धित समाचार