विश्वासको मत लिनुअघि सुदूरपश्चिमका मुख्यमन्त्री आन्तरिक परामर्शमा
धनगढी —सुदूरपश्चिममा मुख्यमन्त्री कमलबहादुर शाहको विश्वासको मतका लागि आज दिउँसो ३ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । तर, सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको विवादका कारण मुख्यमन्त्री शाहले विश्वासको मत पाउने सम्भावना कम छ । विश्वासको मत पाउने टुंगो नभएपछि मुख्यमन्त्री शाह प्रदेश सभामा विश्वासको मत लिने वा सभालाई सम्बोधन गरेर राजीनामा घोषणा […]