बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • शिक्षा
  • पहिलो पटक चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक

पहिलो पटक चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक

  • शनिबार, चैत्र १७, २०८०
पहिलो पटक चैत महिनामै विद्यालयमा पाठ्यपुस्तक

बाजुरा —बाजुराका अधिकांश विद्यालयमा चैत १७ गतेसम्म पाठ्यपुस्तक पुगिसकेका छन् । सधैका बर्ष किताब अभावको मारखेपिरहेका दुर्गम गाउँका विद्यालयमा यस पटक भने चैत महिनामै किताब पुगिसकेको गौमुल गाउँपालिका मनाकोट मावि थलाका ज्ञान बहादुर रोकायाले बताएका छन् । विगतका बर्षमा शैक्षिक सत्र सुरु भएको महिनौ बितिसक्दा पनि विद्यालयमा किताब पुग्ने गरेका थिएन, आगामी शैक्षिक सत्र २०८१ का लागि भने विद्यालयमा चैत १५ गते किताब पुगेको उनले बताए ।

जनक शिक्षा सामाग्री केन्द्र धनगढीले चैत १३ गते सुदूरपश्चिम प्रदेशको बाजुराबाट वितरण सुरु गरेको थियो । बाजुरा जिल्लामा १ लाख १० हजार ३७ सेट बाजुरामा पुगिसकेको जनक शिक्षा सामाग्री केन्द्र धनगढीका प्रमुख रामबहादुर कुँवरले बताएका छन् । बाजुरामा ८ जना बिक्रेतामध्ये ७ जनाले लिइसकेको एक जना लिने क्रममा रहेको कुवरले बताएका छन् ।

बाजुरामा २०८१ का लागि अनुमानित १ लाख २७ हजार ८ सय ६ सेट रहेको जसमा ८६ प्रतिशत किताब बाजुरा पुगिसकेको बाँकि केही दिनमा बाजुरा पुगिसक्ने कुवरले बताए । बाजुराको डेल्टा स्टोरका सञ्चालन नृप खातिका अनुसार पहिलो पटक बाजुराका विद्यालयमा चैत महिनामा किताब पुगेको बताए । आफुले वितरण गर्ने कार्यक्षेत्रमा ९५ प्रतिशत विद्यालयमा किताब पुगिसकेको बताए । बाँकि रहेको केही दिनमा पुगिसक्ने बताए ।

जनक शिक्षा सामाग्री केन्द्र धनगढीले सुदूरपश्चिम प्रदेशका विकट जिल्लामा किताब बिक्री तथा वितरण सुरु गरेको छ । बाजुरापछि दार्चुला र बझाङ्गमा वितरण गरिसकेको छ । दार्चुलामा ९१ हजार ४ सय ८६ सेट र बझाङ्गमा २६ हजार ५१ सेट पठाइसकेको केन्द्रले बताएको छ । सबै जिल्लामा चैत महिनासम्म पठाइसक्ने जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ ।

आगामी शैक्षिक सत्र २०८१ का लागि सुदूरपश्चिममा १९ लाख १५ हजार एक सय ८५ थान किताब आवश्यक हुने अनुमान गरिएको छ । बाजुरामा किताब ढुवानीका लागि १६ प्रतिशत ढुवानी खर्चसमेत जनक शिक्षाले दिनेछ । व्यापारीले ९ प्रतिशतसम्म किताबमा कमिशन पाउनेछन् । चैत महिनाभित्रै १९ लाख १५ हजारभन्दा बढी थान पुस्तक बिक्री भइसक्ने शिक्षा सामग्री केन्द्र धनगढीको दाबी छ । जनक शिक्षा सामाग्री केन्द्र प्रादेशिक कार्यालय, धनगढीले चालु शैक्षिक सत्रमा १७ लाख ४१ हजार ७८ थान किताब बिक्री गरेको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विगत जस्तो किताबको अभाव हुन नदिने समयमै किताब पुगाउने काम भइरहेको वताईन् । सबै बिद्यालयमा शैक्षिक सत्र शुरुमै किताब पुगाइसक्ने गरि निर्देशन भइरहेको उनले बताईन् ।
पाठ्यपुस्तक खरिद गर्न सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा बजेट निकाशा भएको छैन् । नेपालको संविधान २०७२ मा माध्यमिक शिक्षासम्मको अधिकार स्थानीय तहलाई छ । स्थानीय तहहरूले कक्षा १२ सम्मको शिक्षाको सम्पूर्ण जिम्मेवारी लिनुपर्ने हो । तर, सुदूरपश्चिमका स्थानीय तहहरूले किताब खरिदका लागि समेत बजेट विनियोजन तथा निकाशा नगरेको पाइएको छ । कुल ८८ स्थानीय तहमध्ये अधिकांशले किताब खरिदका लागि बजेट विनियोजन र निकाशा गरेका छैनन् ।

सामुदायिक विद्यालयहरूमा किताब खरिदका लागि बजेट नभएकाले समस्या हुने देखिएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले पाठ्यपुस्तकका लागि रकम निकासा नभएको बताए । उनले भने, ‘स्थानीय तहहरुले विद्यालयहरुलाई रकम दिने हो । विद्यालयहरूले व्यवसायीहरूलाई दिने हो । तर, रकम निकासा नभएको भन्ने आएको छ ।’ बिक्रेताले केन्द्रबाट किनेर बिद्यालयमा पठाइरहेका छन् । स्थानीय तहले पनि समयमै निकाशा दिएको भए छुटफुट किताब पनि समयमै विद्यालयमा पुग्ने जनक शिक्षा सामाग्री केन्द्रले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार