शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • नागरिक उन्मुक्तिको बैठकमा हात हालाहाल

नागरिक उन्मुक्तिको बैठकमा हात हालाहाल

  • सोमवार, चैत्र १९, २०८०
नागरिक उन्मुक्तिको बैठकमा हात हालाहाल

धनगढी– नागरिक उन्मुक्ति पार्टीको बैठकमा हात हालाहाल भएको छ। काठमाण्डौँको अनामनगरस्थित पार्टी कार्यालयमा बैठक बसिरहेका बेला नेताहरुबिच हात हालाहाल भएको विषय बाहिर आएको छ। वर्तमान सत्ता गठबन्धनमा सहभागी हुने रन्जिता श्रेष्ठ पक्ष र नहुने रेशमलाल चौधरी पक्षबिच भएको विवादले हात हालहालको अवस्था सिर्जना भएको विषय बाहिर आएको हो।

नाउपा केन्द्रीय समिति संस्थापक सदस्यहरूको बैठकमा हातहाहाल भएको विषय सुन्नमा आएको नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभाका एक सदस्यले बताए। ‘बैठकमा नेताहरुबिच हातहालहाल भएको विषय सुन्नमा आएको छ तर एकिन भइसकेको छैन्।’

विवादका क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको बताइएको छ। उनीहरू दुवैजना रन्जिता पक्षका हुन्। तर यस विषयमा थप जानकारी लिन मेयर डगौरालाई बुझ्न खोज्दा उनको फोन उठेन।

रेशम पक्ष सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारमा सहभागी छ। रन्जिता पक्ष भने त्यसको विपक्षमा छ। त्यस्तै केन्द्रमा रन्जिता अहिलेको सत्ता गठबन्धनमा जानुपर्ने पक्षमा छिन् भने रेशम विपक्षमा छन्। दिने‍श खवरबाट

चर्चामा

सम्बन्धित समाचार