बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • राजनीति
  • नेकपा एमाले बाजुराको अधिवेशन जेठ १ देखी ३ गते मार्तडीमा हुने

नेकपा एमाले बाजुराको अधिवेशन जेठ १ देखी ३ गते मार्तडीमा हुने

  • बुधबार, चैत्र २१, २०८०
नेकपा एमाले बाजुराको अधिवेशन जेठ १ देखी ३ गते मार्तडीमा हुने

बाजुरा २१ चैत्र– नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुराको आठौं जिल्ला अधिवेशन २०८१ जेठ १ देखी ३ गतेसम्म बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा हुने निणर्य भएको छ ।
चैत १६ र १७ गते गर्ने गरी बैठकले मिति तोकेको भए पनि पार्टीको सदस्यता टुंगो नलागेको र सदस्यता नविकरणको मिति केन्द्रको परिपत्रका आधारमा चैत महिनामै गर्नु पर्ने भएका कारण तयारी समय अपुग भएका कारणले जेठमा सारिएको नेकपा एमालेका अध्यक्ष भरत थापाले जानकारी दिएका छन ।
उनले दिएको जानकारी अनुसार पार्टीको संगठित सदस्यता नविकरण चैत मसान्त भित्र गरिसक्नु पर्ने र बैशाखमा केन्द्रमा पठाउने र अधिवेशनको तयारी गर्ने गरी बैठकले जेठ पहिलो सातामा नै गर्ने निणर्य गरेको बताए । चैत १ गते पार्टीको जिल्ला कमिटीको बैठक बोलाएर गणपुरक संख्या अपुग भएपछि स्थगित भएपछि चैत्र २१ गतेका लागि बैठक बोलाईएको थियो ।
यस अघि २ पटक मिति तोक्दा पनि अधिवेशन हुन नसकेपछि तेस्रो पटकका लागि अर्को मिति तोक्ने गरी आजको बैठक केन्द्रीत बनेको हो । पहिलो मिति पौष २६, २७ र २८ गते कोल्टीमा अधिवेशन गर्ने गरेर तोकिएको थियो । दोस्रो मिति चैत्र १६ र १७ गते मार्तडीमा गर्ने गरी तोकिएको थियो ।
पार्टी जिल्ला अध्यक्ष कालीबहादुर शाही र उपाध्यक्ष भरत बुढा प्रदेश कमिटीमा गएपछि पदाधिकारी मध्येबाट सचिवलाई संयोजक बनाउने कि पहिलेकै अध्यक्षबाट अधिवेशन गर्ने भन्नेमा सुरुदेखि विवाद भएको थियो । सुरुमा पहिलेकै कमिटीले अधिवेशन गर्ने निणर्य गरिएको थियो ।
पछि त्यो विधान विपरित भन्दै संगठन विभागमा उजुरी परेको थियो । उजुरी पछि प्रदेश कमिटीले पुरानै कमिटीको अध्यक्षतामा बैठक बसेर नयाँ व्यक्तिलाई जिम्मेवारी दिएर अधिवेशन गर्न पत्राचार गरेको थियो ।
सोही पत्रका आधारमा जिल्ला कमिटीको बैठक बसेर सचिव भरत थापालाई अध्यक्ष, उपसचिव जनक कुमार बोहरालाई उपाध्यक्ष र कार्यालय सचिव काँशी विकलाई सचिवको जिम्मेवारी दिएर अधिवेशन गर्ने कमिटी घोषणा गरिएको थियो ।
अधिबेशन सम्मपन्न गर्न बिभिन्न उपसमितिको जिम्मेवारी समेत तोकीएको छ । जसमा आयोजक मुल समिति तथा राजनैतिक प्रतिबेदनको जिम्मेवारी पार्टी अध्यक्ष भरत थापा, सांगठनिक प्रतिबेदन सचिव कोशी विक, आर्थिक प्रतिबेदन आर्थिक विभाग प्रमुख जनक विष्ट, प्रतिनिधि ब्यवस्थापन संगन विभाग प्रमुख अमर खड्कालाई तोकीएको छ ।
त्यस्तै प्रचार प्रशार विभाग प्रमुख सचिवलय सदस्य धनबाहादुर रावत, अतिथि ब्यवस्थापन मन्देवी ओली र सिता थापा, मंच ब्यवस्थापन डम्मर महत्त, स्वयम सेवक ब्यवस्थापन कृष्ण बम र कृष्ण थापा, यातायात ब्यवस्थापन मेखराज शाही र पदम भण्डारी र जुलुस ब्यवस्थापनमा लाल कार्की र काल्चे दमाईलाई जिम्मेवारी तोकीएको नेकपा एमाले सचिव काँशी विकले जानकारी दिएका छन् ।
अधिबेशनको प्रमुख अतिथिका रुपमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आमन्त्रण गर्ने निणर्य भएको सचिव विकले बताए । चैत्र महिना भित्र सवै संगठित सदस्यता नविकरण गरिसक्ने गरि सम्बन्धित स्थानिय तह तथा वडाहरुमा जिल्ला कमिटी सदस्य ताथ पालिका स्तरका कमिटीहरुलाई खट्न पाटीले निर्देशन दिएको विकले बताए ।

चर्चामा

सम्बन्धित समाचार