शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • शिक्षा
  • सार्वजनिक पदमा रहेकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

सार्वजनिक पदमा रहेकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

  • बुधबार, चैत्र २१, २०८०
सार्वजनिक पदमा रहेकाले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने

अछाम— अछामको तुर्माखाँद गाउँपालिकाले सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्न आह्वान गरेको छ।

मंगलवार एक सूचना जारी गर्दै गाउँपालिकाले सामुदायिक विद्यालयलाई थप व्यवस्थित र प्रभावकारी बनाउन आगामी शैक्षिक सत्र २०८१ देखि आफ्ना छोराछोरीलाई स्थानीय सामुदायिक विद्यालयमा भर्ना गर्न भनेको हो।

यसअघि गएको मंसिर ८ र ९ गते सञ्चालन भएको शैक्षिक संवाद कार्यक्रममा राजनीतिक दलका नेता, जनप्रतिनिधि, शिक्षक संगठनसहितले आफ्ना बालबालिकालाई अबदेखि सामुदायिक विद्यालयमै पडाउने प्रतिबद्धता जनाएका थिए।

त्यसैअनुसार गाउँकार्यपालिकाले पुस १२ गते सार्वजनिक पदमा रहेका व्यक्तिहरूले सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार