सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बडिमालिका
  • जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा जेष्ठ नागरिकको निःशुल्क उपचार सेवा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा जेष्ठ नागरिकको निःशुल्क उपचार सेवा

  • मङ्लबार, चैत्र २०, २०८०
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रद्धारा जेष्ठ नागरिकको निःशुल्क उपचार सेवा

बाजुरा– जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बाजुराले जेष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । जिल्ला सदरमुकाम मार्तडीमा रहेको बडिमालिका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रहेका वृद्ध वृद्धाहरुको निःशुल्क उपचार तथा स्वास्थ्य परिक्षण गरिएको कार्यालय प्रमुख रंग बहादुर कार्कीले बताएका छन् ।

बडिमालिका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रहेका जेष्ठ नागरिकको रक्तचाप लगायतका स्वास्थ्य परिक्षण गरिनुका साथै आयुर्वेदिक औषधीहरु समेत वितरण गरेको कार्यालय प्रमुख कार्कीले बताए ।बडिमालिका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा २८ जना वृद्धवृद्धा रहेकोमा केहि जना नआएकोले छुट भएका जेष्ठ नागरिकलाई अर्को दिन सेवा दिने आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख कार्कीले बताए ।

सदरमुकाम मार्तडीमा रहेको बडिमालिका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा नै पुगेर सो सेवा उपलब्ध गराएको आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ । बडिमालिका जेष्ठ नागरिक दिवा सेवा केन्द्रमा रहेका नागरिकलाई प्रत्येक हप्ता जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले सेवा दिने जनाएको छ ।

जेष्ठ नागरिक संघ नामक सस्थाले सदरमुकाम मार्तडीमा दिवा सेवा केन्द्र संचालनमा ल्याएसंगै दिनमा वृद्ध वृद्धाहरु आउने आराम गर्ने मनोरन्जन गर्ने लगायतका कार्य गरिरहेको संघले जनाएको छ । सामाजिक विकाश कार्यालयको सहयोगमा जेष्ठ नागरिक संघले वृद्ध वृद्धाहरुलाई हलमा राखेर आपसमासुख दुखका कुराकानी गर्नुका साथै टेलिभिजन हेर्ने लगायतका मनोरन्जनात्मक कार्य गरिरहेको संघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार