आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन सांसदहरुलाई नागरिक उन्मुक्तिको निर्देशन

मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन सांसदहरुलाई नागरिक उन्मुक्तिको निर्देशन

  • बुधबार, चैत्र २१, २०८०
मुख्यमन्त्री शाहलाई विश्वासको मत नदिन सांसदहरुलाई नागरिक उन्मुक्तिको निर्देशन

धनगढी —नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली काँग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह अल्पमतमा छन्।

मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टी, राप्रपा र स्वतन्त्र सांसदले मतदान गर्ने विश्वाससहित भोलि (विहिबार) विश्वासको मत लिँदैछन्। तर पाँच प्रत्यक्ष र दुई समानुपातिक गरेर ७ जना प्रदेश सभा सदस्य रहेका नागरिक उन्मुक्तिका सांसदलाइ पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आज (बुधबार) आफ्ना सांसदहरुलाई मतदान नगर्न निर्देशन दिएकी छन्। उनले लिखित रुपमै भोलि मुख्यमन्त्री शाहले लिने विश्वासको मतमा सहभागि नहुन आफ्ना सांसदहरुलाइ निर्देशन दिएका हुन्।

नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेश संसदीय दलको विधान केन्द्रिय कमिटीबाट पास नभएको हुँदा दैनिक सभा सञ्चालन लगायतका कार्यक्रम माननीय श्री घनश्याम चौधरीले संसदीय दलको नेताको रुपमा कामकाज गरेपनि प्रदेश सभाको महत्वपूर्ण निर्णयमा ह्वीप लगाउने अधिकार पार्टीको केन्द्रिय अध्यक्षलाइ नै भएको भन्दै श्रेष्ठले मुख्यमन्त्रीलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाइ निर्देशन दिएकी छन्।

साथै आफ्ना सम्पूर्ण सांसदहरुलाइ मतदानको विपक्षमा उभिन पार्टी अध्यक्ष श्रेष्ठले लिखित रुपमै निर्देशन दिएकी हुन्। पार्टी संरक्षक रेशमलाल चौधरीको लाइनमा वर्तमान प्रदेश सरकारलाइ साथ दिएका आफ्ना सांसदलाइ मतदान नगर्न भन्दै अध्यक्ष श्रेष्ठले पत्र नै पठाएकी छन्। उनले मुख्यमन्त्रीलाइ विश्वासको मत नदिन निर्देशनसहितको ह्वीप नै जारी गरेकी हुन्।

तर अध्यक्ष रन्जिता श्रेष्ठले कांग्रेस नेतृत्वको सरकारको नेतृत्व गरेका शाहलाई विश्वासको मत नदिन ह्वीप लगाएपनि  सुदूरपश्चिम संसदीय दलका प्रमुख सचेतक खुशीराम चौधरीले पक्षमा मतदान गर्न ह्वीप जारी गरेका छन् । दिनेशखबर

चर्चामा

सम्बन्धित समाचार