• होमपेज
  • बाजुरा बिशेष
  • बाजुराका स्थानीय तहमा १८ करोड १९ लाख बेरुजु

बाजुराका स्थानीय तहमा १८ करोड १९ लाख बेरुजु

  • बुधबार, जेष्ठ १६, २०८१
बाजुराका स्थानीय तहमा १८ करोड १९ लाख बेरुजु

बाजुरा ‍– बाजुराका ९ ओटै स्थानीय तहमा १८ करोड १९ लाख ५८ हजार रकम बेरुजु रहेको पाइएको छ । जिल्लाका ९ ओटै स्थानीय तहमा आर्थिक वर्ष २०७९/०८० मा कार्यान्वयनमा रहेको बजेटको महालेखा परीक्षण प्रतिबेदन अनुसार सो रकम बेरुजु देखाइएको छ ।

महालेखा परीक्षकको ६१औँ प्रतिवेदन अनुसार जिल्लामा सबैभन्दा बढी बडिमालिका नगरपालिकामा बेरुजु रहेको पाइएको छ । बडिमालिका नगरपालिकामा मात्रै लेखापरीक्षण भएको रकमको २ दशमलव ६७ प्रतिशत अर्थात् २ करोड ९१ लाख दश हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । जिल्लामा सबै भन्दा कम बेरुजु त्रिबेणी नगरपालिकाको रहेको छ । त्रिबेणी नगरपालिकामा १ दशमलव शुन्य ७ प्रतिशत अर्थात १ करोड ३६ लाख ५६ हजार रकम रहेको महालेखा प्रतिबेदन २०८१ मा उल्लेख गरिएको छ ।

No description available.

त्यसै गरि बुढिगंगा नगरपालिकामा २ दशमलव शुन्य ५ प्रतिशत अर्थात २ करोड ८७ लाख ३९ हजार रुपैँया बेरुजु रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ । बुढिनन्दा नगरपालिकाको १ दशमलव ९८ प्रतिशत अर्थात २ करोड ७ लाख १ हजार रहेको उल्लेख गरिएको छ ।
त्यस्तै गाउँपालिकाहरुमा गौमुल गाउँपालिकाको बेरुजु रकम १ करोड ५४ लाख ४४ हजार अर्थात कुल बजेटको १ दशमलव ६४ प्रतिशत रहेको प्रतिबेदनमा उल्लेख छ । खप्तड छेडेदह गाउँपालिकाको कुल बजेटको १ दशमलव ९७ प्रतिशत अर्थात २ करोड १६ लाख ८४ हजार रुपैँया बेरुजु रहेको प्रतिबेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरि जगन्नाथ गाउँपालिकाको बेरुजु रकम १ करोड ३० लाख ९३ हजार अर्थात १ दशमलव ६३ प्रतिशत रहेको उल्लेख छ । स्वामिकार्तिक खापर गाउँपालिकामा २ करोड ६५ लाख १६ हजार रहेको उल्लेख गरिएको भए पनि प्रतिशतमा भने २ दशमलव ८९ प्रतिशत बेरुजु रकम रहेको प्रतिबेदनमा छ । हिमाली गाउँपालिकामा १ दशमलव ६१ प्रतिशत अर्थात १ करोड २९ लाख १५ हजार रुपैया बेरुजु रहेको महालेखा प्रतिबेदनमा उल्लेख गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार