शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिममा एकीकृतलाई नेतृत्व दिने समझदारी

नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिममा एकीकृतलाई नेतृत्व दिने समझदारी

  • मङ्लबार, चैत्र २०, २०८०
नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिममा एकीकृतलाई नेतृत्व दिने समझदारी

धनगढी– सुदूरपश्चिममा एकीकृत समाजवादी/नागरिक उन्मुक्तिले पहिलो चरणमा मुख्यमन्त्री लिने सहमति भइसकेको छ। सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन गठबन्धनका दल तयार भएका छन्। तर उन्मुक्तिभित्रको विवादले हाल एकीकृत समाजवादीलाई नेतृत्व दिने समझदारी भएको हो। नागरिक उन्मुक्तिको विवाद चर्किएपछि सोमबार सत्ता गठबन्धन दलले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व एकीकृत समाजवादीलाई दिने सहमति गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एकीकृत समाजवादीलाई सुदूरपश्चिमको नेतृत्व दिने सहमति भएको हो। सुदूरपश्चिम सुरुमै एकीकृत समाजवादी पार्टीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ। सुदूरपश्चिमको ५२ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका र स्वतन्त्र १–१ सांसद छन्।

बझाङ–१ (१) मा कांग्रेस सांसदको पृथ्वीबहादुर सिंहको निधन भएकाले हाल कांग्रेसका १७ सांसद छन्। गठबन्धन दलका २५ र एक स्वतन्त्रलाई सरकारमा सहभागी गराई बहुमत पुगाउने कसरत छ। हाल कांग्रेसका कमलबहादुर शाह प्रदेशका मुख्यमन्त्री छन्। उनले सरकार जोगाउन उन्मुक्तिका ७ मध्ये ५ जनालाई मन्त्री नियुक्त गरिसकेका छन्।

सुदूरपश्चिम प्रदेश सरकार छलफल गर्न बसेको उन्मुक्तिको बैठकमा सोमबार चर्को विवाद भएको छ। संरक्षक रेशमले सत्ता गठबन्धनले पार्टीमा भाँजो हालेको आरोप लगाएका छन् भने अध्यक्ष रञ्जिताले पार्टी निर्णयलाई मान्नुपर्ने अडान लिएकी छन्। चैत १६ मा उन्मुक्ति अध्यक्ष रञ्जिताले सुदूरपश्चिम प्रदेश सरकारबाट समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिन प्रदेशसभा संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन्। तर उन्मुक्तिले कांग्रेसलाई दिएको समर्थन फिर्ता लिएको छैन।

चर्चामा

सम्बन्धित समाचार