शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • प्रदेश ७
  • चैत्र २२ गते सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

चैत्र २२ गते सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

  • मङ्लबार, चैत्र २०, २०८०
चैत्र २२ गते सुदूरपश्चिम प्रदेश सभाको बैठक आह्वान

धनगढी— सुदूरपश्चिम प्रदेशसभा सचिवालयले चैत्र २२ गते प्रदेश सभाको बैठक आह्वान गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मतको लागि बैठक आह्वानको सूचना प्रेषित गरेपछि प्रदेश सभाको बैठक आह्वान गरिएको हो ।

फागुन २१ पछि नयाँ सत्ता समीकरण बनेपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

एक महिनाभित्रै विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था अनुसार मुख्यमन्त्री शाहले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार