मङ्लबार, बैशाख १८, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा भिरबाट लडेर एक महिलाकाे मृत्यु

बाजुरामा भिरबाट लडेर एक महिलाकाे मृत्यु

  • बुधबार, चैत्र २१, २०८०
बाजुरामा भिरबाट लडेर एक महिलाकाे मृत्यु

बाजुरा— बाजुरामा भिरबाट लडेर एक महिलाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  हिमाली गाउँपालिका- ५  रिठ्ठाकी अन्दाजी ३६ बर्षिया आप्सरा बुढ्थापा रहेकी छन्।

बुधवार बिहान घरबाट घाँस काट्न गएकि बुढ्थापाकाे  बालभिटा भन्ने भिरबाट करिब २ सय मिटर तल खसेर घटनास्थलमै मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

काेल्टीबाट प्रहरीकाे टाेली घटनास्थलमा गएर मृतक  बुढ्थापाकाे पाेष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउन लागिएकाे जिल्ला  प्रहरी कार्यालय बाजुराले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार