बसको ठक्करले महिलाको मृत्यु भएपछि वीरेन्द्रनगर तनावग्रस्त
सुर्खेत – वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्ताहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् । आन्दोलनका कारण प्रदेश राजधानी […]