शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाज
  • काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, बीच बाटोबाटै फर्कियो

काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, बीच बाटोबाटै फर्कियो

  • शनिबार, चैत्र ४, २०७९
काठमाडौँबाट सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, बीच बाटोबाटै फर्कियो

    काठमाडौं    –      काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौलाले रातोपाटीलाई जानकारी दिए ।

जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। यता प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुई जना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेका थिए ।  उनीहरुलाई अर्को जहाजबाट गन्तव्य मा पुर्‍याउने तयारी छ ।

चर्चामा

सम्बन्धित समाचार