शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • लुम्बिनीकी पूर्वमन्त्री खत्रीले माओवादी छोडिन्

लुम्बिनीकी पूर्वमन्त्री खत्रीले माओवादी छोडिन्

  • सोमवार, फाल्गुन १, २०७९
लुम्बिनीकी पूर्वमन्त्री खत्रीले माओवादी छोडिन्

दाङ — लुम्बिनी प्रदेशकी पूर्वस्वास्थ्य राज्यमन्त्री बिमला कुमारी खत्री वलीले माओवादी केन्द्र परित्याग गरेकी छन् । उनले माघ २४ मा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी दाङका अध्यक्ष सुवास पुनसमक्ष राजीनामा बुझाएकी हुन् ।

उनले लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन आफूले ठूलो भूमिका खेले पनि अन्त्यमा पार्टीले ‘युज एण्ड थ्रो’ गरेको गुनासो गरेकी छन् । दाङ ३ (ख) बाट निर्वाचित एमाले प्रदेशसभा सदस्य तथा खत्रीका श्रीमान् उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि उनी उपनिर्वाचनमा प्रदेशसभा सदस्यको टिकट पाएर विजयी भएकी थिइन् । पछि सरकार निर्माणका क्रममा उनले माओवादी केन्द्रलाई साथ दिएर शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न भूमिका खेलेकी थिइन् ।

पछि माओवादीका कुलप्रसाद केसी मुख्यमन्त्री भएपछि उनी स्वास्थ्य राज्यमन्त्री बनेकी थिइन् । राज्यमन्त्री नै हुँदा तुलसीपुरस्थित एकराज बस्नेतको घरमा प्रवेश गरी उनकी श्रीमती र बालबालिकामाथि हातपात गरेको आरोप लागेको थियो । त्यसपछि उनलाई पार्टीले राज्यमन्त्रीबाट राजीनामा दिन लगाएको थियो । उनले राजीनामा पत्रमा सापटी लिएको पैसा फिर्ता माग्न जाँदा पार्टीले मन्त्रीबाट राजीनामा दिन लगाएको गुनासो गरेकी छन् ।

श्रीमानको भूमिका एमालेमा हुँदाहुँदै मुटुमाथि ढुंगा राखी माओवादी रोज्दासमेत पार्टीले सामान्यीकरण गरी भूमिकाविहीन बनाएको उनले राजीनामापत्रमा उल्लेख गरेकी छन् । लामो समयसम्म पनि पार्टीले बेवास्ता गरेको र कुनै पनि जिम्मेवारी नदिएका कारण साधारण सदस्यबाटसमेत राजीनामा दिएको उनले उल्लेख गरेकी छन् ।

चर्चामा

सम्बन्धित समाचार