शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • काठमाडौँ र चितवनमा २ जना मृत अवस्थामा फेला

काठमाडौँ र चितवनमा २ जना मृत अवस्थामा फेला

  • शुक्रबार, चैत्र ३, २०७९
काठमाडौँ र चितवनमा २ जना मृत अवस्थामा फेला

काठमाडौँ   –     काठमाडौं र चितवनमा शुक्रबार २ जना मृत फेला परेका छन् । प्रहरीको दैनिक समाचार बुलेटिनअुसार काठमाडौँको टोखा र चितवनको रत्ननगरमा २ जना मृत फेला परेका हुन् । बुलेटिनका अनुसार टोखा नगरपालिका–९ घर भई चन्द्रागिरी नगरपालिका–१२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका–४ देवौली डेरा गरी बस्ने रौतहट चपुर नगरपालिका–६ घर भएका ६६ वर्षीय सौमन चौधरी पनि मृत फेला परेका छन् । चौधरी आफ्नै कोठामा मृत अवस्थामा फेला परेका प्रहरीको भनाई छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको बताएको छ।

चर्चामा

सम्बन्धित समाचार