मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • प्रदेश ३
  • चितवन–२ उपनिर्वाचन : रवि लामिछानेविरुद्ध भिडाउन बलियो उम्मेदवारको खोजीमा देउवा, मागे जिल्लाबाट नाम

चितवन–२ उपनिर्वाचन : रवि लामिछानेविरुद्ध भिडाउन बलियो उम्मेदवारको खोजीमा देउवा, मागे जिल्लाबाट नाम

  • बुधबार, चैत्र १, २०७९
चितवन–२ उपनिर्वाचन : रवि लामिछानेविरुद्ध भिडाउन बलियो उम्मेदवारको खोजीमा देउवा, मागे जिल्लाबाट नाम

काठमाडौं    –     नेपाली कांग्रेसले आगामी बैशाख १० गते हुने चितवन–२ को उपनिर्वाचनको सन्दर्भमा तयारी थालेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा चितवन–२ मा हुने उपनिर्वाचनको विषयमा छलफल भएको नेताहरुले जनाएका छन् ।

सभापति शेरबहादुर देउवाले चितवन–२ मा कांग्रेस धेरै बलियो रहेको भन्दै यसपटक पार्टी एक ढिक्का भएर लागिपरे जित हात पार्न सकिने धारणा राखेका थिए । सभापति देउवाले चितवन–२ मा बलियो उम्मेदवार उठाउनुपर्ने बताएका थिए ।

आजको बैठकमा भने सो क्षेत्रमा उम्मेवार हुन चाहने पार्टीका नेताहरूको नाम प्रस्ताव र सिफारिसका लागि केन्द्रीय कार्यालयले उपयुक्त समयमा पार्टीका तल्ला तहलाई निर्देशन दिने निर्णय गरेको छ । यस्तै, तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति भएपछि उक्त क्षेत्र पनि खाली भएको छ । पौडेलले पार्टी राजनीतिबाट पनि राजीनामा दिएका छन् । यसअघि उनले सांसद पदबाट पनि राजीनामा दिएका छन् । कांग्रेसले यसपटक तनहुँ–१ भन्दापनि चितवन–२ मा बढि ध्यान दिएको छ ।

सो क्षेत्रमा मंसिर ४ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चुनाव जितेका थिए । उनी नागरिकतासम्बन्धी विवादमा तानिएका थिए । सर्वोच्च अदालतको फैसलापछि उनको सांसद पद खारेजी भएको हो । सोसँगै चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । रास्वपाले भने पूनः सो क्षेत्रबाट सभापति लामिछानेलाई नै चुनावी मैदानमा उतार्ने भएको छ ।

चर्चामा

सम्बन्धित समाचार