शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • प्रदेश ३
  • हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

  • आइतवार, माघ २९, २०७९
हावाहुरीले मञ्च भत्काएपछि लुम्बिनीका मन्त्रीको शपथ अवरुद्ध

दाङ – हावाहुरीले मञ्चको छाना उडाएपछि लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ समारोह अवरुद्ध भएको छ । आइतबार दिउँसो १ बजेका लागि तय भएको शपथ समारोह ३ बजेसम्म सुरु हुन सकेन ।

दाङको राप्ती गाउँपालिका मौरीघाटस्थित प्रदेशसभा भवन परिसरमा शपथ समारोह आयोजनाका लागि अस्थायी मञ्च बनाइएको थियो । तर हावाहुरीले छाना उडाएपछि शपथ समारोह नै दिउँसो ३ बजेका लागि सारिएको थियो ।

हावाहुरीले उडाएपछि शपथ समारोहस्थल प्रदेशसभा भवनकै अर्को छेउमा मञ्च बनाइएको छ । तर त्यहाँ साउण्ड सिस्टम जडान गर्न नसकेपछि शपथ समारोह सञ्चालन हुन सकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार