खेलाडीले घोषित पुरस्कार नपाएको प्रश्नबारे प्रधानमन्त्रीले उत्तर नै दिएनन्
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले घोषणा गरेको पुरस्कार खेलाडीले नपाएको सन्दर्भमा उठेको प्रश्नलाई बेवास्ता गरेका छन्। बिहीबार संसद बैठकमा योगेन्द्र मन्डलले ‘अन्तर्राष्ट्रिय खेलाडीहरूलाई रकम दिने आर्थिक सहयोग दिने घोषणा गर्ने तर नपाएको भन्ने आएको छ, केहो?’ भनेर सोधेका थिए। तर, प्रधानमन्त्री प्रचण्डले त्यो प्रश्न वेवास्ता गरेर मन्डलले उठाएको नागरिकता सम्बन्धी प्रश्नको मात्रै उत्तर दिए। […]