शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

आइतबार प्रतिवेदनसहित आउन आदेश

  • बुधबार, कार्तिक २, २०७९
सन्दीपलाई तेस्रोपटक थप ४ दिन थुनामा राख्न अदालतको अनुमति

क्रिकेटर सन्दीप लामिछानेलाई अदालतले थप ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । बुधवार जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद दाहालले लामिछानेलाई थप चार दिन हिरासतमा राख्न म्याद दिएका हुन् ।

प्रहरी वृत गौशालाले उनलाई थप ७ दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सन्दीपका कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरेले प्रहरीको सो मागमा अब्जेक्सन जनाएका थिए ।

असोज २४ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश डण्डपाणि शर्माले पहिलोपटक उनलाई ७ दिन हिरासतमा राख्न अनुमित दिएका थिए । दोस्रोपटक २७ असोजमा ५ दिन म्याद थप गरिएको थियो । नाबालिग बलात्कारको आरोपमा २२ वर्षीय क्रिकेटर लामिछानेलाई असोज २० मा कतारको दोहा हुँदै नेपाल फर्केपछि प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

१७ वर्षीया किशोरीले आफुलाई सन्दीपले बलात्कार गरेको भन्दै भदौ २१ मा प्रहरी वृत गौशालामा जाहेरी दिएकी थिइन् । न्यायाधीश दाहालले आइतबार अनुसन्धान प्रतिवेदन सहित सन्दीपलाई उपस्थित गराउन आदेश गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार