शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • क्रिकेट
  • टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नामिबिया र श्रीलङ्काबीच प्रतिस्पर्धा

टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नामिबिया र श्रीलङ्काबीच प्रतिस्पर्धा

  • आइतवार, अशोज ३०, २०७९
टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा नामिबिया र श्रीलङ्काबीच प्रतिस्पर्धा

आईसीसी टी–२० विश्व कप क्रिकेट आजदेखि सुरु हुँदैछ । अस्ट्रेलियाको भिक्टोरियामा आज हुने उद्घाटन खेलमा नामिबिया र श्रीलङ्का प्रतिस्पर्धा गर्दैछन् । खेल नेपाली समयअनुसार बिहान पौने १० बजे सुरु हुनेछ ।

नामिबिया दोस्रो पटक विश्व कप खेल्दैछ । श्रीलङ्का पूर्व च्याम्पियन र अहिलेसम्मका विश्व कपमा सहभागी टोली हो । आज हुने दोस्रो खेलमा दिउँसो पौने २ बजे यूएई र नेदरल्यान्ड खेल्दैछन् । यूएई दोस्रो पटक र नेदरल्यान्ड पाँचौँ पटक विश्व कप खेल्न लागेको हो ।

यो विश्व कपमा आयोजक अस्ट्रेलियासहित नामिबिया, श्रीलङ्का, यूएई, नेदरल्यान्ड, वेस्ट इन्डिज, जिम्बाबे, आयरल्यान्ड, स्कटल्यान्ड, न्युजिल्यान्ड, अफगानिस्तान, इङ्ग्ल्यान्ड, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र बङ्गलादेश गरी १६ टोली सहभागी छन् । विश्वकपको फाइनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार