शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • क्रिकेट
  • सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

  • शुक्रबार, भदौ २४, २०७९
सीपीएल छाडेर स्वदेश फर्किँदै सन्दीप, आफू निर्दोष रहेको दाबी

निलम्बित राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सीपीएल छोडेर नेपाल फर्किन लागेको बताएका छन् । बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको उनले बताए ।

आधारहीन आरोपको सामना गर्न आफू तयार रहेको भन्दै उनले अनुसन्धानमा सघाउने बताए । बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो । नाबालिगलाई बलात्कारको आरोप लागेका सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी भएपछि क्यानले निलम्बन गरेको हो ।

काठमाडौं जिल्ला अदालतले बिहीबार सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरी बृत्त गौशालामा मंगलबार एक बालिकालाई बलात्कार गरेको भन्दै सन्दीपविरुद्ध उजुरी परेको थियो ।

चर्चामा

सम्बन्धित समाचार