शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएलमा गुजरातको लगातार दोस्रो जित

आईपीएलमा गुजरातको लगातार दोस्रो जित

  • बुधबार, चैत्र २२, २०७९
आईपीएलमा गुजरातको लगातार दोस्रो जित

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाईटन्सले लगातार दोस्रो जित निकालेको छ। लगातार दोस्रो जित हासिल गर्ने क्रममा दिल्लीको घरेलु मैदान अरुण जेट्ली क्रिकेट स्टेडियममा गुजरातले दिल्ली क्यापिटल्सलाई ६ विकेटले हराएको हो।

दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य गुजरातले १८ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। गुजरातका लागि साई शुदर्शनले ४८ बलमा ४ चौका र २ छक्काको सहयोगमा ६२ रनको अर्धशतकीय ईनिङ खेले। डेबिड मिलरले १६ बलमा अविजित ३१ रन बनाए ।

दिल्लीका एनरिक नोर्कियाले २, खलिल अहमद र मिचेल मार्शले समान १/१ विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो।

लगातार दोस्रो जित निकालको गुजरात ४ अंकका साथ शीर्ष स्थानमा रहेको छ भने पराजित दिल्ली अंकबिहिन रहँदै आठौं स्थानमा रहेको छ।

चर्चामा

सम्बन्धित समाचार