बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • क्रिकेट
  • खेलाडीले घोषित पुरस्कार नपाएको प्रश्नबारे प्रधानमन्त्रीले उत्तर नै दिएनन्

खेलाडीले घोषित पुरस्कार नपाएको प्रश्नबारे प्रधानमन्त्रीले उत्तर नै दिएनन्

  • बिहिबार, जेष्ठ ४, २०८०
खेलाडीले घोषित पुरस्कार नपाएको प्रश्नबारे प्रधानमन्त्रीले उत्तर नै दिएनन्

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले घोषणा गरेको पुरस्कार खेलाडीले नपाएको सन्दर्भमा उठेको प्रश्नलाई बेवास्ता गरेका छन्।

बिहीबार संसद बैठकमा योगेन्द्र मन्डलले ‘अन्तर्राष्ट्रिय खेलाडीहरूलाई रकम दिने आर्थिक सहयोग दिने घोषणा गर्ने तर नपाएको भन्ने आएको छ, केहो?’ भनेर सोधेका थिए।

तर, प्रधानमन्त्री प्रचण्डले त्यो प्रश्न वेवास्ता गरेर मन्डलले उठाएको नागरिकता सम्बन्धी प्रश्नको मात्रै उत्तर दिए। यद्यपि, त्यो नागरिकता सम्बन्धी प्रश्न त्यसअघि पनि पटक–पटक उठिसकेको र प्रधानमन्त्री उत्तर पनि दिइसकेका थिए।

आज जारी बैठकमा उठेको खेलकुद सम्बन्धी संसदमा एउटा मात्र प्रश्नमा पनि उत्तर नदिएसँगै विगतदेखि नै सरकारको प्राथमिकतामा नपरेको खेलकुदप्रति सरकार कति असंवेदनशील छ भन्ने स्पष्ट भएको छ।

त्यसो गत मंसिरमा भएको चुनावपछि गठित सरकारले करिब पाँच महिनापछि मात्रै खेलकुद मन्त्री पाएको थियो। पछिल्ला वर्षहरूमा सरकारले बजेटको एक प्रतिशत पनि खेलकुद क्षेत्रमा छुट्याउन सकेको छैन।

सरकारले थ्री नेसन्स कप विजेता फुटबल टिम, विश्वकपको ग्लोबल छनोटमा पुगेको र एसिया कपमा छनोट भएको क्रिकेट टिमलाई पनि नगद पुरस्कार दिने घोषणा गरेको थियो।

चर्चामा

सम्बन्धित समाचार