सुदूरपश्चिममा एकैदिन १३४ संक्रमित डिस्चार्ज
धनगढी : सुदूरपश्चिम प्रदेशमा आईतबार एकैदिन एक सय ३४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। कञ्चनपुर, डडेल्धुरा र अछामबाट आईतबार एक सय ३४ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले बताए। उनका अनुसार सबैभन्दा बढि डडेल्धुराका ७१ जना, अछामका ५२ जना र कञ्चनपुरका ११ जना संक्रमित डिस्चार्ज भएका हुन्। […]