शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित एक पुरुषको मृत्यु

ललितपुरस्थित पाटन अस्पतालमा उपचारको क्रममा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताएका हुन् ।

उनको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको निर्देशक डाक्टर शर्माले बताए । ति कोरोना संक्रमित पुरुषलाई साउन १७ गते स्टार अस्पतालबाट रिफर भएर पाटन अस्पताल आएका थिए । उपचारका क्रममा मृत्यु भएका ४५ वर्षीय कोरोना संक्रमित पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी भएको अस्पतालले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार