शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • काठमाडौंमा थपिए ८७ जना कोरोना संक्रमित

काठमाडौंमा थपिए ८७ जना कोरोना संक्रमित

  • बिहिबार, साउन २२, २०७७
काठमाडौंमा थपिए ८७ जना कोरोना संक्रमित

काठमाडौं : काठमाडौं उपत्यकामा थप ८७ जनामा कोरोना पुष्टि भएको छ। २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा २४ घण्टाको अवधिमा देशभर ३६० संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ। काेराेनाले मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

नेपालमा संक्रिय संक्रमितको संख्या ६ हजार २ सय ९६ छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १५ हजार ३८९ पुगेको छ।

चर्चामा

सम्बन्धित समाचार