बुधबार, बैशाख ५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • बझाङको सुर्मा र बैतडीको सिगास गाउँपालिका –५ मा तालाबन्दी

बझाङको सुर्मा र बैतडीको सिगास गाउँपालिका –५ मा तालाबन्दी

  • बिहिबार, साउन २२, २०७७
बझाङको सुर्मा र बैतडीको सिगास गाउँपालिका –५ मा तालाबन्दी

विभिन्न माग राख्दै बझाङको सुर्मा गाउँपालिका र बैतडीको सिगास गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा तालाबन्दी गरिएको छ।

खानेपानी निमार्णमा गाउँपालिकाले वेवास्ता गरेको भन्दै सुर्मा गाँउपालीकाको कार्यालय दौलीचौरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले तालावन्दी गरेको हो। सडक निमार्णका बेला खानेपानीको मुहान तथा टयाङकिमा क्षति भएको र गाँउपालिकाले खानेपानी निमार्णका लागि वेवास्ता गरेपछि स्थानीयले सडक अवरुद्ध समेत गरेका थिए। गाउँपालिका अध्यक्षले खानेपानी बनाउन नसक्ने बताएपछि नेकपाले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।

आफ्ना माग पुरा गर्न बेलाबेला आग्रह गरेपनि वेवास्ता गरिएको कारण तालाबन्दी गर्नुपरेको स्थानीय सुर्य बोहराले बताए। जनतामुखी भन्दापनि कार्यकर्तामुखी योजना दिएका कारण तालाबन्दी गर्नुपरेको अनेरास्ववियूका जिल्ला कमिटी सदस्य सुवास बोहराले बताए।

यस विषयमा सुर्मा गाँउपालिकाका अध्यक्ष नरबहादुर बोहराले खानेपानी निर्माणका विषयमा गाउँपालिका गम्भीर भएको बताए। तर राजनैतिक पुर्वाग्रही भएर प्रस्तुत हुँदा विवाद निम्तिएको उनले बताए।

यसैगरी वडाभित्र सडक सञ्जाल बिस्तारको मागसहित सिगास गाउँपालिका वडा नम्बर ५ को कार्यालयमा तालाबन्दी गरिएको छ।  तीन वटै तहका सरकारलाई सिगास ५ को ढुङ्गाडदेखि लामबगड सडकखण्ड, ट्रयाक खुलाउन त्यहाका स्थानीयले लिखित तथा मौखिक माग राख्दै आएको भएपनि कुनै पहल नहुँदा तालबन्दी गरेको संघर्ष समितिका उपाध्यक्ष मानबहादुर थापाले बताए।

संघर्ष समिति र स्थानीयले डडेलधुरादेखि ढुङ्गाड जोड्ने निर्माणाधिन सडकखण्ड निर्माणको काम समेत बन्द गराएका छन्।

चर्चामा

सम्बन्धित समाचार