शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सामाजिक सेवामा तल्लीन १८ बर्षिय युवा पारस

सामाजिक सेवामा तल्लीन १८ बर्षिय युवा पारस

  • शनिबार, साउन २४, २०७७
सामाजिक सेवामा तल्लीन १८ बर्षिय युवा पारस

कुनै कामको शुरुवात गरेपछि सफलता नै मिल्छ भन्ने छैन । तर, जीवन सफल बनाउनका लागि मानिसले थुप्रै त्याग र बलिदान गरेको हुन्छ । त्यसैले भनिएको होला– जीवन नै संघर्ष, संघर्ष नै जीवन हो । जीवनमा सफलता पाउन मानिसले अनेकौं संघर्षका सिँढीहरु पार गर्नुपर्छ, अनि मात्र मानिस सफल हुन्छ ।
देश यतिबेला कोरानाको संकटमा फसिरहेको छ । दैनिक संयौको संख्यामा संक्रमितको संख्या थपिँदै रहेका छन् । ‘लकडाउन’ भए सँगै पाँच महिना देखी दैनिक जनजिवन प्रभावित बनेको छ । धेरैको घरमा चुलो बाल्न सक्ने अबस्था कठिन भइसकेको छ । त्यस्तो खाद्य संकटमार खेपिरहेका बेला १८ बर्षिय पारस रावल यति बेला सामाजिक सेवामा सक्रिय रहेका छन् ।
पारस आर्थिक सम्पन्न परिवार पनि हैन्, तर पनि उनि दुखमा परेकालाई सक्दो सहयोग गरिरहेका छन् । उनि दिन दुखीको घरमा पुगिरहेका छन् । खाद्य संकट परेकालाई खाद्यन्न सहयोग र उपचार अभाबमा रोग पालिरहेका बिरामीलाई उपचारका लागि सहयोग समेत गरिरहेका छन् ।


पारसले अहिले पढाइलेखाइ र घरायसी काम भन्दा पनि उनि समाजमा संकट परेकालाई सहयोगीहरु बाट आर्थिक सहयोग संकलन गरेर सहयोग गरिरहेका छन् । खाद्य संकटको मारखेपीरहेका बुढीगंगा नगरपालिका १० तिमाडाका प्रदेशी सार्की लाई सहयोग गरेका छन् । उनलाई ५ हजार नगद सहित ३ बोरा चामल, ८ केजी दाल, ७ जोर कपडा सहयोग गरेका छन् । त्यस्तै सोही वडाका कैले शाहीलाइ ४५ सय बराबरको औषधि उपचार गरेका छन् ।
पारस भन्छन्, दुख परेकाको पहिचान गर्छू र सहयोगी दाता खोजेर सहयोग गर्ने गरेका छु । उनको अभियानमा मार्फत बुढीगंगा नगरपालिका ९ जुवापानी हरिना सिंह, लोकेश सिंह, कैली चदारालाइ चामल, दाल, नुन, तेल सहयोग गरेका छन् । त्यस्तै बुढिगंगा नगरपालिका १० का जय रावल, सरु बिकलाइ खाद्यन्न सहयोग गरेका छन् भने खप्तड छेडेदह गाँउपालिका २ पिपलगाँउ बस्ने झरु थापालाई उपचारमा सहयोग गरेको पारसले बडिमालिका खबरलाइ बताएका छन् ।


पारसको सामाजिक अभियानका लागि बुढीगंगा नगरपालिका ५ नुवाघर घर भएका अहिले अमेरिका बस्दै आएका गंगन थापाले १२ हजार सहयोग गरेका छन् । त्यस्तै बुढीगंगा नगरपालिका ७ झालीका सामाजिक क्षेत्रमा काम गर्दै आएका देबेन्द्र शाहले ५ हजार सहयोग गरेका छन् । बुढीगंगा नगरपालिका ८ बानियाँबाडाका जिल्ला शिक्षा प्राबिधिक कर्मचारी योगेन्द्र बानियाँले ३ हजार सहयोग गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी बाजुरा जिल्ला कमिटी सदस्य हंस सिंहले २ हजार सहयोग गरेका थिए । सहयोगि मनहरुको सहयोगको रकम बाट पिडितलाई सहयोग गरेको पारसले वताएका छन् ।
विकास निर्माण र समाजसेवामा साँघुरो सोचाइ होइन, फराकिलो सोचाइ राखेर काम गनुपर्छ भन्ने धारणा बोकेका पारस सामाजिक एकताले मात्र समाजको विकास हुने धारणा राख्छन् । अनेरास्ववियू जिल्ला कमिटी सदस्य तथा जिल्ला बाल अधिकार मंचको सचिब पदम कार्यरत रहेका पारस गाँउमा पनि सामाजिक काममा सक्रिय लाग्ने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार