बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • शिक्षा
  • त्रिवेणी नगरपालिकामा बैकल्पिक कक्षा संचालनका लागि वितरण गरिएका सामान बिद्यालयमै थन्कीए

त्रिवेणी नगरपालिकामा बैकल्पिक कक्षा संचालनका लागि वितरण गरिएका सामान बिद्यालयमै थन्कीए

  • बिहिबार, साउन २२, २०७७
त्रिवेणी नगरपालिकामा बैकल्पिक कक्षा संचालनका लागि वितरण गरिएका सामान बिद्यालयमै थन्कीए

चक्र बहादुर अएडी– विश्वमा फैलिएको कोरोना भाईरस कोभिड १९ ले गर्दा नेपाल सरकारले गरेको लकडाउनको प्रत्यक्ष असर विद्यार्थिहरुमा परेको छ । ईमेल ईन्टरनेट तथा संचार माध्यमको पहुचमा भएका बिद्यार्थी र बिद्यालयहरुले रेडियो टेलिभिजन बाट पठनपाठन गरिरहेका छन् ।
संचार माध्यमको पहुच भन्दा टाढा रहेका बिद्यार्थिहरु भने घाँस दाउरा र डुलेर विताईरहेका छन । यसको एक ज्वलन्त उदारहण रुपमा त्रिवेणी नगरपालिकालाई लिन सकिन्छ । त्रिवेण नगरपालिकामा सामुदायिक र निजि गरि ३९ वटा विद्यालयरहेका छन, । विद्यालयलाई बैकलपिक कक्षा संचालनको लागि नगरपालिकाद्धारा प्रत्येक विद्यालयमा एक थान कप्युटर , एक थान रेडियो र प्रोजेक्टर उपलब्ध गराएको छ । नगरपलिकाले उपलब्ध गराएका ति उपकरणहरु प्रयोगमा नल्याएर विद्यालयको स्टोरमा थन्कीएका छन् ।
विद्यालयलाई क्वारेन्टाईन बनाएका कारण बैकल्पिक कक्षा संचालन गर्न समस्या भएको त्रिवेणी नगरपालिकाका शिक्षक महासंका अध्यक्ष धर्म बहादुर साउदले बताउनु भयो । अध्यक्ष साउदका अनुसार वैकल्पिक कक्षा संचालन गर्न नसकेपनि समुदाय स्तरका विद्यार्थीहरुलाई निर्देशन दिनेकाम गरेको बताउनु भयो ।
यता बैकल्पिक कक्षा संचालन गर्नको लागि प्रत्येक विद्यालयमा सामान वितरण गरेका थियौ तर सम्पुर्ण विद्यालयमा संचालन गर्न नसकेपनि कुनै कुनै विद्यालयमा संचालन गरेको हुनसक्ने त्रिवेणी नगरपालिका शिक्षा शाखा प्रमुख रतन बहादुर अएडी को भनाईरहेका छ । तर त्रिवेणी नगरपालिका नगर प्रमुख रामसिंह रावलका अनुसार श्रावण १० गते त्रिवेणी नगरपालिकामा रहेका सम्पुर्ण विद्यालयका प्रधानाध्यापक हरुलाई बोलाएर छलफल गरिएको बताउनु भयो । नगर प्रमुख रावलले भाद्र पहिलो वा दोस्रो साताबाट विद्यालयहरु संचालन गर्ने र क्वारेन्टाईन बनाएका विद्यालयहरुलाई स्यानिटाईजरिङ गरी सामाजिक दुरी कायम हुने गरी कक्षा संचालन गर्ने निर्णय भएको बताउनु भयो ।
लकडाउनको तिन महिना सम्म अन्य स्थानीय तहहरुमा टोलटोलमा स्वयम सेवक शिक्षकहरु परिचालन गरि सक्दा पनि त्रिवेणी नगरपलिका बालबालिकाको भविष्यका बारेमा चिन्तीत नदेखिएको अभिभावकहरु को गुनासो रहेको छ ।
बैकल्पीक कक्षा संचालनका लागि भनेर स्थानीय तहले लाखौ खर्च गरेर खरिद गरेका उपकरणहरु प्रयोगमा ल्याउन नसक्नु नरपालिकाको कमजोरी रहेको स्थानीयले बताउने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार