शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • प्रहरी हिरासतमा २० महिने बालक

प्रहरी हिरासतमा २० महिने बालक

  • बिहिबार, साउन २२, २०७७
प्रहरी हिरासतमा २० महिने बालक

विराटनगर । आमा र बुबाको गल्तीका कारण मोरङमा २० महिने बालक प्रहरी हिरासतमा पुगेका छन् ।
आमा र बुबालाई बहुबिवाह मुद्दा परेपछि २० महिने बालक २ साउनयता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासत आमासँगै बसेका हुन् ।
उनीसँगै प्रहरी हवल्दार बाबु सञ्जयकुमार यादव र आमा अनिषा खवास हिरासतमा छन् ।
ताप्लेजुङ थुम्बेदिनकी २३ वर्षीया अनिषा खवाससँग सञ्जयले बहुविवाह गरेपछि उनी जन्मिएका हुन् ।

विराटनगर महानगरपालिका–१४ घर भएका ४० वर्षीय सञ्जयले ताप्लेजुङकै याम्फूदिन प्रहरी चौकीमा हवल्दार पदमा कार्यरत रहँदा अनिषासँग प्रेम विवाह गरेका थिए ।

विवाहको जानकारी घरमा थिएन । तर विवाहपछि सन्तान भएको जानकारी पाएपछि जेठी श्रीमती सरस्वतीले बहुबिवाहको उजुरी गरेपछि उनीहरु पक्राउ परेका हुन् । सञ्जय र सरस्वतीबीच २०६० साल वैशाख २९ गते मागी विवाह भएको थियो ।

प्रहरीले सञ्जय र उनकी कान्छी पत्नी अनिषालाई साउन २ गते पक्राउ गरेर हिरासतमा राखेर बहुविवाह मुद्दामा म्याद थप गरेर अनुसन्धान गरेको छ ।

संरक्षणकर्ता नभएपछि बालक हिरासतमा बसेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार