बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • लकडाउनमा आड्रा नेपालको बाजुरामा परिवार नियोजन सेवा

लकडाउनमा आड्रा नेपालको बाजुरामा परिवार नियोजन सेवा

  • शुक्रबार, साउन २३, २०७७
लकडाउनमा आड्रा नेपालको बाजुरामा परिवार नियोजन सेवा

कोभिड १९ ले पारेको संकटका बेला पनि आड्रा नेपालले बाजुरामा परिवार नियोजन सेवा दिइरहेको छ । परिवार नियोजन सेवा सँगै समुदाय स्तर र स्वयसेविकालाई समेत सेवाको बारेमा जानकारी दिएको आड्रा नेपाल बाजुराका कार्यक्रम संयोजक रत्न कायस्तले वताएका छन् ।

आड्रा नेपालले युएनएफपिए नेपाल परिवार नियोजन परियोजना अन्तर्गत बाजुरामा परिवार नियोजन सम्बन्धि सेवा दिइरहेको छ । लकडाउनकै समयमा स्वास्थ्य सेवा बिभाग, परिवार कल्याण महाशाखाबाट अति आवश्यक सेवा सुचारु गर्ने निर्देशन पश्चात बाजुरा जिल्लामा पनि आड्रा नेपालबाट संचालित परिवार नियोजनका सेवाहरु असार महिनाबाट सुचारु गरिएकाे आड्रा नेपालकी घुम्ती सेवा प्रदायक प्रमिला बुडाथाेकी वताएकि छन् ।

लकडाउनका बेला परिवार नियोजन परामर्श सेवा ५३ जनालाइ दिएको थियो, भने ईम्प्लान्ट सेवा १७ जनालाइ दिएको आड्रा नेपालमा कार्यरत घुम्ती सेवा प्रदायक भागिरथा शाहीले वताएकि छन् । परिवार नियोजन सेवा बडिमालिका नगरपालिका र गौमुल गौमुल गाँउपालिका सेवाग्राही हरुलाई प्रदान गरिएको थियो । साथै बडिमालिका नगरपालिकाको महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई COVID-19 र परिवार नियोजन सम्बन्धि अभिमुखिकरण कार्यक्रम पनि गरेको थियो । उक्त कार्यक्रममा जम्मा २३ जना महिला स्वास्थ्य स्वयम सेविकाहरु सहभागी भएका थियो ।

आड्रा नेपालले जिल्लामै पहिलो पटक वृहत किशोर किशोरी यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सञ्चालन गरेर सेवा दिएकाे थियाे। शिबिर आड्रा नेपालको आयोजना, यूकेआइडी, यूएनएफपीएको आर्थिक सहयोग र स्वास्थ्य कार्यालय बाजुराको समन्यवमा बाजुराको दुई ठाँउमा बिशेषज्ञ चिकित्सक सहित शिबिर सञ्चालन भएको थियो । शिविरमा मुख्य गरेर यौन तथा प्रजनन् स्वास्थ्य समस्या केन्द्रित भएर सेवा दिएको आड्रा नेपालका जिल्ला संयोजक रत्न कायस्तले बताए ।

चर्चामा

सम्बन्धित समाचार