शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • नेपालमा हालसम्म ७० कोरोना संक्रमितको मृत्यु

नेपालमा हालसम्म ७० कोरोना संक्रमितको मृत्यु

  • शुक्रबार, साउन २३, २०७७
नेपालमा हालसम्म ७० कोरोना संक्रमितको मृत्यु

नेपालमा हालसम्म ७० जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। दिउँसो सवा ४ बजे मन्त्रालयले आयोजना गरेको मिडिया ब्रिफिङमा बोल्दै मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा ७० जना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन्।

नेपालमा हालसम्म २२ हजार २१४ जना संक्रमित भएको र हालसम्म १५ हजार ८१४ जना निको भएर घर फर्किएको समेत प्रवक्ता डा गौतमले जानकारी दिए।

पछिल्लो २४ घन्टामा नेपालमा थप ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। हाल ६ हजार ३ सय ३० जना संक्रमितको नेपालमा उपचार भइरहेको छ। हाल १० हजार २ सय ७ जना क्वारेन्टाइनमा छन्। शुक्रबार ७ हजार ९ सय २६ जनाको पिसिआर परीक्षण भएको छ।

हालसम्म नेपालमा ७० जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ। पछिल्लो पटक संक्रमित बढ्दै गएपछि सरकारले २ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला र काठमाडौं उपत्यकाका तीनै जिल्लामा जोरबिजोर प्रणाली लागू गरेको छ।

चर्चामा

सम्बन्धित समाचार