दुई वर्ष नपुग्दै डिएफओहरु सरुवाको तयारी
गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जिल्ला वन कार्यालयका प्रमुखहरुको सरुवा गर्न लागेको मन्त्री विकास लम्सालले बताएका छन् । दुई वर्षभन्दा कममा प्रमुखहरुको नियम भएपनि मन्त्रालयको आवश्यकताअनुसार डिएफओहरुको सरुवा गर्न लागिएको मन्त्री लम्सालले बताएका हुन् । यो सरुवामा चलखेल त छैन भन्ने प्रश्नमा उनले भने, ‘यसमा कसैको केहि पनि चलखेल छैन । […]