सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा खाद्य संस्थानको चामल ढुवानीमा लाखौ रकमको चलखेल

बाजुरामा खाद्य संस्थानको चामल ढुवानीमा लाखौ रकमको चलखेल

ढुवानीको भाडा निर्धारण एकठाँउमा बाट ढुवानी अर्कै ठाँउ बाट

  • बुधबार, भदौ २४, २०७७
बाजुरामा खाद्य संस्थानको चामल ढुवानीमा लाखौ रकमको चलखेल
फाइल फाेटाे : काेल्टि खाद्य संस्थानकाे कार्यलय

बाजुरा–बाजुराको उत्तरी क्षेत्र खाद्य संकटको मार खेपिरहेका बेला खाद्य संस्थानले भने ढुवानीमै लाखौ रकमको चलखेल गरिरहको छ । कोल्टि डिपो र मार्तडीको लागि बर्दियाको राजापुर बाट एक एक हजार आपतकालिन भन्दै ढुवानी गरिरहेको छ ।
एक हप्ताको सुचना निकालेर ढुवानीको सुचना राजापुर खाद्य संस्थानले निकाले थियो । ढुवानी ठेकेदार र कर्मचारीको मिलोमतोमा जुम्लाका हस्त बुढाको ठेक्का मिलाइएको थियो । जिल्ला प्रशासन कार्यलय बाजुराले बाजुराको उत्तरी क्षेत्रमा खाद्य संस्थानमा चामल सकिएको र सडक अबरोध हुँदा त्यो क्षेत्रमा खाद्यन्न ढुवानीका लागि खाद्य संस्थानको केन्द्रिय कार्यलयमा पटक पटक पत्रचार गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेको अध्यक्षमा खाद्य ब्यबस्थापन समितिले बर्दियाको राजापुर बाट चामल ढुवानी गर्नका लागि खाद्य संस्थानको केन्द्रिय कार्यलय निर्णय सहित पत्रचार गरेको थियो । निर्णय सँगै बर्दिया देखी मार्तडी र कोल्टि सम्मको ढुवानीको दर समेत निर्धारण गरेको थियो । दर निर्धारण गर्दा राजापुर बाट बेतालमाण्डौ सम्म गाडि बाट प्रति कुन्टल ६ सय, बेतालमाण्डौ बाट मार्तडी सम्म खच्चरमा प्रति कुन्टल १८ सय र मार्तडी देखी कोल्टि सम्म प्रति कुन्टल २२ सय निर्धारण गरेर पठाएको थियो ।
बर्दियाका राजापुर बाट कोल्टि खाद्य संस्थानमा जिल्ला प्रशासनमा भएको निर्णय अनुसार प्रति कुन्टल ४६ सयमा ढुवानी रकम निर्धारण गरेको थियो । तर त्यो बेला कोल्टिका लागि कर्णाली करिडोर बाट ढुवानी गर्ने कुनै निर्णय भएको छैन् । कोल्टिका लागि यो मार्ग बाट ढुवानी गर्दा धेरै सस्तो हुने गरेको थियो । ढुवानीको ठेक्का गर्दा अर्को बाट गरियो, तर ढुवानी गर्दा भने कर्णाली करिडोर बाट गराएर लाखौ रकमको चलखेल भएको प्रस्ट देखिएको छ ।
खाद्य ब्यबस्थापन समितिमा नेकपा बाट प्रतिनिधित्व गरेको नेकपा बाजुरा सचिवालय सदस्य काशि बिकले भने यो सरासर कमिसनको खेल भएको वताएका छन् । कर्णाली करिडोर बाट ढुवानी गर्नुपर्ने भएपनि त्यहाँको पनि भाडा निर्धारण गरिनुपर्ने थियो, भाडा अर्को बाटोको निर्धारण ढुवानी अर्को बाट गर्दा सरासर पैशाको चलखेल भएको विकले वताए ।
ठेक्का पाएका हस्त बुढाले बडिमालिका खबरलाई भने कोल्टिका लागि कर्णाली करिडोरको जितेगडामा ५ सय १० कुन्टल पुयाइसकेको वताए । चाडै कोल्टि चामल पुयाउने वताएका छन् । उनलाइ ढुवानी यता बाट गर्ने निर्णय छ, तपाईले त त्यता बाट ढुवानी गर्नु भयो भन्दा उनले भने यो बाटो ढुवानी गर्न सहज र कोल्टिमा चामल पुयाउन चाडो हुने भएकोले यता बाट ढुवानी गरेको वताए । ढुवानी सम्झौता भने प्रतिकुन्टल ४६ सयमा नै सम्झौता भएको वताए । कोल्टिका एकजना ब्यापारिले भने यो कणाली करिडोर बाट ढुवानी गर्दा अहिलेको स्थितिमा १ हजार देखि १५ सय सम्म एक कुन्टल ढुवानीमा कम लाग्ने गरेको वताएका छन् । अझ कर्णाली करिडोरको जगन्नाथ गाँउपालिकाको एक ठाँउमा अबरोध भएको छ, त्यो खुल्ने बितिकै धेरै सस्तो हुने वताए ।
अर्को मार्तडी संस्थानको ढुवानीमा बेतालमाण्डौ बाट मार्तडी सम्म खच्चर मार्फत ढुवानी गर्ने गरि सम्झौता भएको छ । तर अहिले बढिगंगाको बल्दे सम्म यातायात सञ्चालनमा रहेको छ । यसले पनि ढुवानी रकम फरक रहेको देखिन्छ । प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले भने कर्णाली करिडोर बाट ढुवानी गर्ने त्यो बेला हामीलाई कुनै जानकारी नभएको वताएका छन् । यता बार्जुगाडमा ठुलो पहिरो गएको थियो निर्णय गर्दा तर अहिले बाटो खोलिसकेकोले भाडामा हेरफेर गरेर निर्णय गर्ने वताएका छन् । खाद्य संस्थान बाजुरा शाखाका मेखराज ओझाले यो ढुवानी प्रक्रिया सबै केन्द्रले गर्ने रहेको आफ्नो कुनै संलग्नता नभएको वताएका छन् । पटक पटक खाद्य संस्थानको चामल ढुवानीमा आर्थिक चलखेल हुने गरेको बाहिर आइरहेका छन् । प्रमुख जिल्ला अधिकारी गैह्रेले भाडामा हेरफेर गर्ने भनेपनि सम्झौता भइसकेकोले निर्णय उल्टयाउन भने सजिलो नभएको खाद्य संस्थानका एक कर्मचारीले वताए ।

चर्चामा

सम्बन्धित समाचार