बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • त्रिबेणीमा प्रहरीमाथि आक्रमण गर्ने ३ जना प्रक्राउ ४ जना फरार

त्रिबेणीमा प्रहरीमाथि आक्रमण गर्ने ३ जना प्रक्राउ ४ जना फरार

  • बुधबार, भदौ २४, २०७७
त्रिबेणीमा प्रहरीमाथि आक्रमण गर्ने ३ जना प्रक्राउ ४ जना फरार

त्रिबेणि नगरपालिका ४ तोलिमा मदिरा सेवन गरेकोलाई प्रक्राउ गर्दा उल्टै प्रहरी माथि आक्रमण गर्ने ३ जनालाई प्रहरिले प्रक्राउ गरेको छ । प्रक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ४ तोलि बस्ने २८ बर्षका नरेन्द्र साउद, २५ बर्षका केशब साउद र २९ बर्षका गणेश साउद रहेको जिल्ला प्रहरी कार्यलय बाजुराका निमित्त प्रमुख तथा प्रहरी निरिक्षक लोकेन्द्र सिं ठगुन्नाले वताएका छन् ।
प्रक्राउ परेको तिन जनालाई ७ दिनको म्याद थप गरेर अभ्रद ब्यवहार गर्न नहुने कसुर सम्बन्धि जिल्ला प्रशासन कार्यलय बाजुरामा मुद्धा दर्ता गरेको छ । फरार रहेको सोहि ठाँउका दिल साउद, दल साउद, राम साउद र प्रकाश साउदको खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।
२२ गते मध्ये राति वडा नम्बर ४ तोलि बस्ने नरेन्द्र साउदलाई प्रहरीले स्थानिय बजारमा मदिरा सेवन गरेर हल्ला गरेको भन्दै प्रक्राउ गरेको थियो । प्रक्राउ गरेर मापेस चेक गर्न स्थानिय तोलि स्वास्थ्य चौकी लिइएको थियो । चेक गरेर प्रहरी चौकि ल्याउन क्रममा प्रहरी माथि ढुङ्गा मुढा प्रहार भएको थियो । आक्रमण बाट असइ रघुविर बढु, हल्वदार नारद सिं बिष्ट र प्रहरी जवान नरेन्द्र बोहोरा घाइते भएका छन् ।
घाइते असइ बढुको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने दुई जनाको भने तोलि स्वास्थ्य चौकी उपचार भइरहेको प्रहरीले जनाएको छ । त्रिवेणी नगरपालिकाले नगरपालिका क्षेत्रलाइ मदिरा निषेधित गरेको भएपनि मदिरा बिक्रि भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार