शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाचार
  • बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

  • शुक्रबार, भदौ २६, २०७७
बाराका पत्रकार वीरेन्द्र साहका हत्या आरोपी पक्राउ

काठमाडौँ — बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोल्हवी नगरपालिका–४ का हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मी रहेका छन् ।

कुर्मीलाई बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सुराकीको आधारमा पक्राउ गरिएको बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले रातोपाटीलाई जानकारी दिए ।

लुकिछिपी बसेका कुर्मीलाई कोल्हवी नगरपालिका– सपही टोलबाट पक्राउ गरिएको एसपी पंगेनीले बताए । उनले भने, ‘पक्राउ परेका कुर्मीमाथि थप अनुन्धान भइरहेको छ ।’

कुर्मीलाई जिल्ला अदालत बाराबाट म्याद थप्ने तयारी भइरहेको प्हरीले जनाएको छ । कोल्हवी नगरपालिका बाराको सदरमुकाम कलैयादेखि २० किलोमिटर उत्तर पूर्वमा पर्छ ।

चर्चामा

सम्बन्धित समाचार