आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • देश
  • बढि गरिबि भएकाे बाजुरामा एक महिनामा दुई करोड भन्दा बढि मदिरा बिक्रि

बढि गरिबि भएकाे बाजुरामा एक महिनामा दुई करोड भन्दा बढि मदिरा बिक्रि

  • मङ्लबार, भदौ २३, २०७७
बढि गरिबि भएकाे बाजुरामा एक महिनामा दुई करोड भन्दा बढि मदिरा बिक्रि

बाजुरा–बाजुरा खाद्य संकट जिल्लाका रुपमा चिनिने गरेकाे छ । पुर्वाेउत्तरका चार गाँउपालिका सधै जसाे खाद्य संकट हुने गरेकाे छ । बाजुरा जिल्ला नेपालको सबै भन्दा बढि गरिबि भएको जिल्ला हो । नेपालीको औषत आयू ६९.२ छ । तर, बाजुराका बासिन्दाको आयू ५९ दशमलव ५ छ । तर गरिबि जिल्ला पहिचान सँगै मदिरा धेरै बिक्रि हुने जिल्लाका रुपमा समेत चिनिन थालेको छ । सधै खाद्यन्न संकटको रुपमा मार खेपिरहने बाजुरामा एक महिनामा २ करोड भन्दा बढिको मदिरा कारोवार हुने गरेको उद्योग बाणिज्य संघ बाजुराले जनाएको छ ।
अनुमित लिएका पसल बाट त न्युनतम एक महिनामा २ करोड भन्दा माथि बाजुरामा मदिरा खपत हुन्छ, त्यो सँगै लाखौ रुपैयामा स्थानिय मदिरा पनि बिक्रि हुने गरेको मार्तडीमा मदिराको होलसेल एक ब्यापारिले वताए । बाजुरामा मदिरा पसलको अनुमित लिएको ८ सय ४१ रहेको कोष लेखा नियनत्रण कार्यलय बाजुराले जनाएको छ । प यति धेरै पसल दर्ता छन्, केही भएपनि महिनामा एक करोड भन्दा बढि मुल्यको मदिरा खपत हुने गरेको थापाले वताए ।
८ सय ४१ मदिराका पसल मध्ये १२ पसल मात्र भ्याटमा दर्ता भएका छन् । भ्याटमा दर्ता भएका पसलले बार्षिक ५० लाख भन्दा बढि मदिराको कारोवार गर्ने मात्र भ्याटमा जाने गरेको पाइएकाे छ । त्यो भन्दा तल कारोवार गर्ने त भ्याटमै दर्ता नहुने गरेको छ, यसले गर्दा पनि २ करोड भन्दा माथिको मदिरा बिक्रि हुने गरेको छ ।  घरमा तरकारी दुध किन्नु भन्दा मदिरा खान तयार हुन्छन्, गरिबि बनाउने मुख्य कारण एउटा मदिरा पनि रहेको नागरिक समाजका अगुवाले वताएका छन् ।
स्थानिय अबैध मदिराको कुनै हिसाबकिताब नै छैन् । जिल्ला प्रहरी कार्यलय बाजुरा बाजुराका अनुसार बाजुरामा घरेलु अबैध मदिरा निकै मात्रा बनाउने गरेको वताए । घरेलु मदिरा खाद्यन्नको बनाउने गरेका रहेछन्, खाद्यन्नको जोहो भन्दा पनि मदिरा बनाउनमा प्रयोग हुने गरेको छ । बाजुरा गरिबि र खाद्य संकट जिल्ला भन्नु मात्र रहेछ, खाद्यन्न भन्दा बढि मदिरा बिक्रि हुने रहेछ एक प्रहरिले वताएका छन्।
बाजुराका केहि स्थानिय तहले मदिरा बन्द गरेको भएपनि लुकिछिपि बिक्रि हुने गरेको छ । जिल्लाका त्रिबेणी, बुढिगंगा, हिमाली, जगन्नाथ गाँउपालिकाले मदिरा बन्द गरीसकेको छ । त्यस्तै गौमुल गाँउपालिकाले मदिरा ब्यबस्थित गर्न मदिरा परिचय पत्र दिने गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार